अब आनलाईन मार्फत नई नागरिक एपबाटै सवारीसाधनको नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दर्ता भएका सवारी साधनको नवीकरण अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाइएको हो ।ऊक्त एपसंग मालपोत पान दर्ताको सुची अगावै । अब हामीलाई लामो लाइन नबसिकन आफ्नो बिलबुक अनलाईन बाट दर्ता गर्न सकिन्छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमा सम्बन्धी कार्यहरूलाई अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।
विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ को नियम ५ र ७ अनुसार बागमती प्रदेश यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारी साधनहरूको विवरण अद्यावधिक गर्ने कार्य सुरु भएको हो । मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेबसाइट अर्थात यहाँ क्लिक गरी आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिनेछ ।
त्यस्तै नागरिक एपमा रहेको ‘सवारी कर’ मा गएर समेत आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिनेछ । यसका लागि गुगल प्ले स्टोरमा नागरिक एपको नयाँ अपडेट आएको छ ।
कसरि तिर्न सकिन्छ
कर तिर्नको लागि पहिले ऊक्त एपलाई सम्पदान गर्नुपर्नेछ । अनि त्यहाँ वेकल करको अप्प्सनलाई क्लिक गर्नु पर्छ। तेस्पछि सबै चेक गरेर गाडी रेनेवल को लागि सम्पादन गर्नुपर्नेछ। नागरिक एपमा हामीले सम्पूर्ण गाडी र करको जानकारी पाउने छ।
तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ । आईओएसमा नयाँ अपडेट आउन भने अझ केही दिन लाग्ने बताइएको छ